बिटी कपमा प्रिक्वाटर जारी
पाेखरा | माघ २६, २०७९
पोखरा: पोखरामा जारी बुद्धटोल युवा क्लबद्वारा आयोजित १६ औं बिटी कप छैटौं विरेन स्मृति सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा प्रिक्वाटरफाइलका ७ खेल भएका छन् ।
खेल संयोजक विनोद गुरुङका अनुसार पोखरा महानगरपालिका १ पुरानो टुडिखेल मैदानमा आज (बिहीबार) भएको पहिलो खेलमा एलजी एसोसियशनले एनएम एफसीलाई १–० गोल अन्तरले पराजित गर्याे । एलजीको जितमा आशिष गुरुङले निर्णायक गोल गरे ।
यस्तै लालीगुँरास धम्पुष र कमलपोखरीबीच भएको दोस्रो खेलको निर्धारित समय गोलरहित भएपछि ट्राइबेकरमा कमलपोखरीले ४–३ गोलअन्तरले जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गर्याे ।
तेस्रो खेलमा सत्य युवा क्लब बाझापाटनले लयर्स गयाङलाई ६–० को फराकिलो गोल अन्तरले पराजित गर्याे । बाझापाटनको जितमा समिप रानाले ह्याट्रिक गरे भने समिर गुरुङले २ र दिपेश गुरुङले १ गोलको योगदान दिए ।
चौथो खेलमा गार्डेन एफसीमाथी मारानथा चर्च कस्केरीले २–० गोल अन्तरले जित निकाल्यो । कस्केरीको जितमा नविन तामाङ र सौरभ छन्त्यालले समान १/१ गोल गरे ।
यस्तै पाँचौ खेलमा आयोजक बिटी ब्ल्याकलाई हरिचोक युनाइटेडले १–० गोल अन्तरले हराउँदै प्रिक्वाटरफाइनलमा स्थान बनायो ।
हरिचोक युनाइटेडको जितमा अमन साईले निर्णायक गोल गरे ।
छैटौ खेलमा नयाँगाउँ ब्रदर्श युनाइटेडलाई एफ फाइभ मालेपाटनले १–० गोलले हरायो । एफ फाइभको जितमा रविन्द्र गुरुङले गोल गरे ।
आज भएको अन्तिम खेलमा जि नाइन युनाइटेडलाई वी आर ब्रदर्श काठमाडौंले २–० गोल अन्तरले पराजित गर्याे । ब्रदर्शको जितमा सञ्जिव मगरले २ गोलको योगदान दिएका थिए ।
खेल संयोजक गुरुङका अनुसार शुक्रबार प्रिक्वाटरफाइनलको समिकरण पुरा हुनेछन् ।
पोखरा महानगरपालिका १ स्थित पुरानोटुडिखेल बगरमा जारी सेभेन ए साइड फुटबल प्रतियोगिताको फाइनल आगामी फागुन १ गते हुने आयोजकले जनाएको छ ।
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

